२०८३, २९ जेष्ठ शनिबार

अफगानिस्तानको काबुलमा पाकिस्तानको हवाइ आक्रमण: कम्तीमा ४ सयको मृत्यु

अफगानिस्तानको काबुलमा पाकिस्तानको हवाइ आक्रमण: कम्तीमा ४ सयको मृत्यु


काठमाडौँ। अफगान अधिकारीहरूले काबुलस्थित लागुऔषध प्रयोगकर्ताको लागि बनाइएको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा पाकिस्तानको हवाई आक्रमणमा कम्तीमा ४ सय जनाको मृत्यु भएको दाबी गरेका छन्।

अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा राति करिब ९ बजे भएको आक्रमणको विवरण सार्वजनिक गर्दै अस्पतालको ठूलो भाग ध्वस्त भएको बताए। उनले उद्धार टोलीहरूले आगो नियन्त्रण गर्ने र भग्नावशेषबाट मृतक निकाल्ने कार्य गरिरहेको जानकारी दिएका छन्।

स्थानीय टेलिभिजनहरूले देखाएका भिडियोमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइते र मृतकलाई बाहिर निकालिरहेको तथा दमकलकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेको दृश्य देखिन्छ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल र अन्य नागरिक संरचनालाई लक्षित गरी आक्रमण भएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन् र यसलाई मानवताविरुद्धको अपराधको रूपमा वर्णन गरेका छन्।

यस घटनालाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबानलाई आतंकवादविरुद्धको प्रयास तीव्र पार्न आह्वान गरेको छ।

पाकिस्तानले भने अस्पतालमा कुनै आक्रमण नभएको दाबी गर्दै आफ्नो लक्ष्य सैन्य संरचना र गोला–बारुद भण्डारण भएको बताएको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ८ : ४५ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको