काठमाडौँ । आइतबारदेखि स्थापनाको ६२ औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुइटा नयाँ योजना सार्वजनिक गरेको छ। सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पतीलाई उपलब्ध गराउनेछ। त्यस्तै, काठमाडौँ उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ। कोषले हाल सञ्चयकर्तालाई साधारण…