काठमाडौं, ९ पुस : उखुको ९० करोड बक्यौता रकम उठाउन मध्यपुसको चिसोमा किसान ११ दिनदेखि राजधानीका सडकमा आन्दोलनरत छन् । निरन्तर बढिरहेको चिसोले कतिपय किसान बिरामी पनि भइरहेका छन् । तर, संसद् विघटन गर्ने सरकारको पछिल्लो कदमले किसानको पैसा मात्रै होइन, मुद्दा पनि ओझेलमा परेको छ । आन्दोलनका लागि काठमाडौं आएका किसान गौशालास्थित धर्मशालामा बसेका छन् । बिहान ११…