२०८३, २० आश्विन बुधबार

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन


काठमाण्डौ । आज देशका पहाडी भेगको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरैजसोको ठाउँमा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाण्डौको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ। यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्यभन्दा पनि तल माइनसमा पुगेको छ ।

महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ८, जोमसोमको माइनस ३ दशमलव ५ र जिरीको माइनस ० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८०, ९ माघ मंगलबार  १० : ३० बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय