२०८३, २० आश्विन बुधबार

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने नेपाली सेनाको निष्कर्ष

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने नेपाली सेनाको निष्कर्ष


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको जानकारी लिनुभएको हो । नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन सेनाले आजै सरकारलाई बुझाएको छ । २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०५६ सालदेखि बन्द भएको हो ।

प्रतिवेदनमा उद्योग बन्द हुनुको कारण बजारको कमजोर व्यवस्थापन, प्रविधिको समयअनुसार सुधार हुन नसक्नु, बिजुली अभाव, धेरै जनशक्ति र व्यवस्थापकीय क्षमता कम हुनु रहेको उल्लेख । धेरैजसो कच्चा पदार्थ देशमै हुनु, उद्योगको स्वामित्वमा एक सय ६६ रोपनी जग्गा हुनु, उद्योगको न्यूनतम पूर्वाधार हुनु, स्थानीय उत्पादनको माग बढ्नु लगायतका कारण उद्योग सञ्चालन गर्न सकिने सेनाको प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २०८०, १७ माघ बुधबार  ४ : ४४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय