काठमाडौं । ऊर्जामन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन जोनस्टनबीच सोमबार शिष्टाचार भेट भएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा दुवैले ऊर्जा, जलस्रोत, नवीकरणीय ऊर्जा र प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए। राजदूत जोनस्टनले मन्त्री खड्कालाई फ्रान्समा हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका थिए। मन्त्री खड्काले अष्ट्रेलियाको सहयोगप्रति आभार व्यक्त गर्दै…