२०८३, २४ जेष्ठ सोमबार

एमाले नेतृ नविना लामालाई पितृशोक, पूर्व गाविस अध्यक्ष माणिक लामाको निधन

एमाले नेतृ नविना लामालाई पितृशोक, पूर्व गाविस अध्यक्ष माणिक लामाको निधन

दाहसंस्कार भाद्र १६ गते विहान ११ बजे गर्ने


काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी पूर्व सदस्य नविना लामालाई पितृशोक परेको छ। उहाँका पिता तथा पूर्व मादन कुडारी गाउँ विकास समितिका अध्यक्ष माणिक लामाको भारतमा उपचारका क्रममा निधन भएको हो ।

दम रोगबाट पीडित ७६ वर्षीय माणिक लामालाई केही समयअघि हृदयघात भएपछि काठमाडौंमा उपचार गराइएको थियो । तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उहाँलाई थप उपचारका लागि भारत लगिएको थियो, जहाँ गत शुक्रबार उहाँले अन्तिम सास लिनुभयो।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा मादन कुडारी गाउँ विकास समितिको वडा नम्बर ३ बाट निर्विरोध वडाध्यक्ष निर्वाचित भएका लामा २०५४ सालको निर्वाचनमा पुनः मादन कुडारी गाउँ विकास समितिको निर्विरोध अध्यक्ष बनेका थिए । नेतृत्वकालमा उहाँले गाउँको पूर्वाधार र सेवा सुविधा विस्तारमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो ।

उहाँको पहलमा चिसापानी खानेपानी योजना, चौरी खोलाको २५ किलोवाट क्षमताको जलविद्युत आयोजना, मादन स्कुलको खेल मैदान निर्माण, अतिरिक्त हुलाक कार्यालय स्थापना, मादन युवा क्लबको स्थापना, विद्यालय तथा खानेपानी योजना विस्तारलगायतका थुप्रै परियोजनाहरू सम्पन्न भएका थिए । स्थानीयबासीहरूले उहाँलाई ‘विकासको बादशाह’ को उपनामले सम्झँदै आएका छन् ।

लामाले प्रत्येक वडामा पुगेर जनताको आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड दिनुभएको थियो, जसले गाउँको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको थियो । स्वर्गीय लामाका तीन छोरी र एक छोरा छन्। उहाँकी माइली छोरी नविना लामा अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ।

माणिक लामाको निधनको खबरसँगै मादन कुडारी लगायत आसपासका बस्तीहरू शोकमा डुबेका छन् । उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पार्थिक शरीर बुद्ध धर्म सेवा संघ स्वयम्भुमा राखिएको छ । स्वयम्भुमा शुभचिन्तक, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय नेताहरू तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  १२ : ०१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ