२०८२, १० बैशाख बुधबार

राष्ट्रियसभाको बैठक बस्दै, संविधान अनुसार बन्न बाँकी कानुनबारे छलफल हुने

काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको हो ।संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।