२०८३, २९ असार मंगलबार

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

भीमदत्तनगर, ७ भदौ  : शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै हुनुहुन्थ्यो । “छोरो…