२०८२, २६ माघ सोमबार

१३ बर्षमै फेसबुकमा लभ परेपछि यस्तो तनाव, अन्तरंग दृश्य अभिभावकको फेसबुकमा ट्याग !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यस्तो तनाव, अन्तरंग दृश्य अभिभावकको फेसबुकमा ट्याग !


काठमाडौं, असोज ६: काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले । एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो— १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए।

अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए। तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाअन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ।’

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ८ : १५ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय