२०८३, २९ असार मंगलबार

बसले ठक्करले काभ्रे सुनथानका मोटरसाइकल चालकको मृत्यु

बसले ठक्करले काभ्रे सुनथानका मोटरसाइकल चालकको मृत्यु


भक्तपुर, ५ असोज भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रनाउ शर्माले जानकारी दिनुभयो ।
–––

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ८ : २६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित