बैतडी, ३ भदौ: शनिबार बिहानदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत महाकाली नगरपालिका–७ काँकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रबार बिहानबाट राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग जेसिबी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आज मध्याह्नदेखि सञ्चालन भएको…