२०८३, २५ श्रावण मंगलबार

माटाका भाँडा : नेपालीको हेला, विदेशीको चासो !

माटाका भाँडा : नेपालीको हेला, विदेशीको चासो !


काठमाडौँ, भदौ ५ : नाम लिली, उमेर २६ । अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले सानो माटोको पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । भूगोलमा सानो तर सम्पदा र संस्कृतिमा ठूलो जिल्ला भक्तपुरको पोट्री पार्कमा केही दिनयता यी चिनियाँ युवती माटोका भाँडा बनाउने कला सिक्दैछन्। कला/संस्कृतिको खुला संग्रहालय भक्तपुरमा पर्यटकहरू यत्रतत्र घुमिरहेका बेला लिली भने माटो मुछिरहेकी हुन्छिन्। माटोको भाँडाका लागि अन्तर्राष्ट्रिय रूपमै चर्चित यो थलोमा चीनबाट दुई साताअघि मात्रै आएकी उनलाई सिर्जन प्रजापतिले सिकाइरहेका छन्।

सँगै आएका सहपाठी भक्तपुरका सम्पदा नियाल्न व्यस्त हुन्छन्, लिलीलाई भने यहाँको कला जसरी पनि सिक्नु छ। ‘यसपटक माटोका भाँडा सिक्नै आएको हुँ,’ सान्सी प्रान्तबाट आएकी उनले भनिन्। लिलीको यो तेस्रो नेपाल भ्रमण हो। अघिल्ला दुई भ्रमणमा उनी थाङका र पौभा कलाको फ्यान भइन्। तर ती दुवै बनाउन कठिन लागेपछि माटोका कलातिर तानिइन्। ‘थाङका, पौभाभन्दा यो सिक्न सजिलो भइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाटै चीन पुगेका एक साथीमार्फत यहाँ सिक्ने व्यवस्था मिलेको हो।’

हाइस्कुल सकाएर काममा लाग्न थालेकी उनी फुर्सद हुनेबित्तिकै नेपाल नै आउने बताइन्। यसपटक भने विशेष सीप सिकेर जाने उद्देश्यले आएकी हुन्। चीनमा पनि सेरामिक्सको भाँडा बनाइन्छ, तर उनी बस्ने वरपर बनाउँदैनन् रे। ‘घुम्न नि पाइने, सिक्न नि पाइने,’ उनले खुसी व्यक्त गरिन्। उनी चीन फर्किएर यसकै व्यवसाय गर्न चाहन्छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ६ : २२ बजे

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान

सामाजिक सञ्जाल’ र ‘घोराही बनाऔँ अभियान’बीच पाँचबुँदे सहमति घोराही,

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे

सरकारी छाप दुरुपयोग गरेर GPS ट्र्याकर बेच्ने युवक पक्राउ

काठमाडौं । सरकारी स्वीकृति नलिई जिपिएस उपकरणलाई ‘सरकारी मान्यता प्राप्त’