२०८३, १८ आश्विन सोमबार

परिवारकै लगानीमा निर्माण भयो भ्यूटावर

परिवारकै लगानीमा निर्माण भयो भ्यूटावर


दाङ, ५ भदौ : घोराही उपमहानगरपालिका-१८ मा भ्यूटावर निर्माण गरिएको छ।स्थानीयवासी ८७ वर्षीय मनबहादुर पुन, उनकी श्रीमती ७८ वर्षीया दिलमाया पुन, छोरा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा बसन्त पुनले रु ४० लाखमा उक्त भ्यूटावर निर्माण गरेका हुन्।

घोराही– १८ स्थित नमःछु बौद्ध गुम्बा परिसरमा सो भ्यूटावर निर्माण गरिएको हो।‘मनदिल पुन’ नामाकरण गरिएको उक्त भ्यूटावरमा सिसीटिभी क्यामेरा र दूरवीन राख्न थप रु पाँच लाख खर्च हुने बताइएको छ । भ्यूटावरबाट एक पटकमा १५ जनाले अवलोकन गर्न सक्नेछन्।

बाउन्न फिट अग्लो सो भ्यूटावर चढ्न सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ । सो भ्यूटावरको बुधबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको गुम्बा समितिले जनाएको छ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ९ : २४ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम