भक्तपुर, ६ भदौ: विसं २०७२ को भूकम्पमा घर भत्किएर पुनःनिर्माणका क्रममा रहेका लाभग्राहीलाई सरकारले आजदेखि भक्तपुरबाट अनुदानको काठ उपलब्ध गराउन शुरु गरेको छ । डिभिजन वन कार्यालय भक्तपुरले आज काठ वितरणस्थल भक्तपुर सूर्यविनायक नगरपालिका– ७ जगातेस्थित चाइनिज इँटा तथा टायल कारखानामा सञ्चालन गरेको काठ वितरण डिपोको उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं…