२०८३, १५ आश्विन शुक्रबार

‘मकालु’ उड्यो बैंकक

‘मकालु’ उड्यो बैंकक


काठमाडौँ, ८ भदौ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानले आजदेखि बैंकक नियमित उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । विदेशी विमानचालक (पाइलट) ‘क्याप्टेन’ र नेपाली विमान सहचालक ‘कोपाइलट’ ले मकालु उडाएका हुन् । दुवै वाइड बडीका लागि पाइलटको व्यवस्था भइसकेको तथा थप पाइलट व्यवस्थापनको प्रक्रियामा रहेको महाप्रबन्धक कंसारकारको भनाइ छ ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार मकालुले पुरानै उडान तालीकाअनुसार सातामा तीन दिन बैंकक उडान भर्नेछ । यात्रुको चाप र पाइलटको पूर्णतापछि बैंककमा थप उडान तथा अन्य गन्तव्यमा विस्तार गरिनेछ । गत साउन १० गते काठमाडौँ अवतरण गरेको मकालुले साउन ३१ गते नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ गत असार १६ गते नेपाल भित्रिएको थियो । अन्नपूर्णले गत साउन १६ गतेबाट कतारको दोहा व्यावसायिक उडान शुरु गरेको थियो । पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले साउन ३० देखि बेङ्लोर उडान शुरु गरेको थियो ।

आवश्यक प्रक्रिया पूरा गरेर नयाँ वाइड बडीले दक्षिण कोरिया, जापान, र साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने योजना बनाएको छ । निगमले हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : २७ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र