२०८३, ५ श्रावण बुधबार

सार्कका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रस्ताव किन गरियो ?

सार्कका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रस्ताव किन गरियो ?


काठमाडौं, कात्तिक १७ :संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ ।

सांसदहरू प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठूलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दाबी गर्न सक्ने र त्यसले मुलुकमा संकट ल्याउन सक्ने चिन्ता सरकारी अधिकारीहरू प्रकट गर्छन्।

‘सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूलका लाखौं मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरकिताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठूलो उथलपुथल आउँछ,’ कानुनसेवाका एक उच्च अधिकारीले भने, ‘संविधानले नै यस्तो परिकल्पना नगरेको हुनाले उक्त प्रस्ताव असंवैधानिक छ।’ यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ६ : ४५ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने