काठमाडौं, असोज २० : काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ । कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन कामपाले यो बर्ष रोगी खसीबोका जफत गर्ने बताए । दशैंको मौका छोपेर राजधानीका चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसी बोका बिक्री गर्ने प्रचलन बढेको उनले…