२०८३, २१ भाद्र सोमबार

घुस माग्ने प्रहरी सहायक निरीक्षक श्रेष्ठविरुद्ध मुद्दा दायर

घुस माग्ने प्रहरी सहायक निरीक्षक श्रेष्ठविरुद्ध मुद्दा दायर


काठमाडौँ, २२ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न बहानामा रु ३० हजार घुस मागेको अभियोग उहाँमाथि लागेको छ । यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पनि रु पाँच हजार घुस लिएको अभियोगमा आजै मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशीभूषणप्रसाद साहले रु एक लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । एक निजी विद्यालयलाई अनुमति दिने क्रममा उहाँहरुले घुस मागेको आयोगले अभियोग लगाएको छ । यसैगरी आयोगले नापी कार्यालय, सर्लाहीमा कार्यरत अमिन किसुनदेव मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अंशबन्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग अमिन मण्डलले रु नौ हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै आयोगले आजै इलाका प्रहरी कार्यालय रामगोपालपुर, महोत्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक रामबाबुप्रसाद यादवविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल भारत सीमाबजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभनमा सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको अभियोग उहाँमाथि लागेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : २० बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको