२०८३, २० आश्विन बुधबार

घुस माग्ने प्रहरी सहायक निरीक्षक श्रेष्ठविरुद्ध मुद्दा दायर

घुस माग्ने प्रहरी सहायक निरीक्षक श्रेष्ठविरुद्ध मुद्दा दायर


काठमाडौँ, २२ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न बहानामा रु ३० हजार घुस मागेको अभियोग उहाँमाथि लागेको छ । यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पनि रु पाँच हजार घुस लिएको अभियोगमा आजै मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशीभूषणप्रसाद साहले रु एक लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । एक निजी विद्यालयलाई अनुमति दिने क्रममा उहाँहरुले घुस मागेको आयोगले अभियोग लगाएको छ । यसैगरी आयोगले नापी कार्यालय, सर्लाहीमा कार्यरत अमिन किसुनदेव मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अंशबन्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग अमिन मण्डलले रु नौ हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै आयोगले आजै इलाका प्रहरी कार्यालय रामगोपालपुर, महोत्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक रामबाबुप्रसाद यादवविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल भारत सीमाबजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभनमा सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको अभियोग उहाँमाथि लागेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : २० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको