२०८२, २२ असार आईतबार

बसको ठक्करबाट बालकको मृत्यु

दमौली, १८ असोज: तनहुँमा आज बसको ठक्करले एक बालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट लमजुङको बेंसीशहर जाँदै गरेको ना ३ख ४५३४ नंको यात्रुवाहक बसको ठक्करबाट भानु नगरपालिका–२ भन्सारमा साइकलमा सवार १२ वर्षीय कुमार पोख्रेलको मृत्यु भएको हो । घरबाट खेल्न जाने क्रममा साइकलमा आइरहेका पोख्रेलकोे बसको ठक्करले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको…