२०८२, २८ असार शनिबार

लक्ष्मी पूजाको दिन भुलेर पनि गर्न नहुने १० काम हेर्नुहोस्

लक्ष्मी पूजाको दिन भुलेर पनि गर्न नहुने १० काम हेर्नुहोस्


काठमाडौं २१ कार्तिक आज लक्ष्मी पूजाको दिन । धनकाी देवी लक्ष्मीको पूजा गर्नाले वर्षभरी घरमा सुख समृद्धि रहिरहने धार्मिक मान्यता रहीआएको छ । लक्ष्मीको पूजा गर्दा

हामीले केही कुराहरुको ख्याल पनि राख्नु पर्छ । पूजा गर्दा भुलेर पनि त्यस्तो नगरौं, जसले देवी लक्ष्मी रिसाउनु हन्छ भन्ने र्धािमक जन विश्वास छ । के कस्तो काम गर्नाले लक्ष्मी रिसाउछिन् रु पढ्नुहोस् ।

१ कसैलाई खाली हात नफर्काउनुस् :  तिहारको समयमा भिखारी वा अन्य देउसी भैलो खेल्न आएका मानिसहरुलाई खाली फर्काउनु हुन्न । उनीहरुलाई केही न केही अवश्य दिएर पढाउनु होला ।

२ लक्ष्मी पुजाको रात नसुत्नु :  लक्ष्मी पुजाको रात नसुत्नुस् । बरु रातभर जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधि विधानसँग जाप गर्नुहोस् ।

३ ननुहाई फुल नटिप्नु : ननुहाइ पुजाको लागि फूल नटिप्नुहोस् । नुहाएर मात्र पुजाको लागि फूल टिप्नुस् । ननुहाइ टिपेको फूलले पुजा नगर्नुस् ।

४ मादकपदार्थ नपिउनु : लक्ष्मी पुजाको रात कुनै प्रकारको मादक पदार्थ नपिउनुहोस् ।

५ कसैसँग झगडा नगर्नु :  लक्ष्मी पुजाको दिन केही मानिसहरु हरेक कुरामा झगडा गर्ने गर्छन् । तर, लक्ष्मी पुजाको दिन कसैसँग पनि वादविवाद नर्गुस् । मनलाई शान्त राख्नुस् ।

६ आफुभन्दा ठूलोलाई नराम्रो नभन्नु : लक्ष्मी पुजाको दिन आफुभन्दा ठूलोको अपमान हुने काम नगर्नुस् । बरु पुजा गरेपछि सबैलाई दर्शन गरी आशिर्वाद लिनुहोस् ।

७ बासी फूल नचढाउनुु :  लक्ष्मी पूजाको दिन देवी लक्ष्मीलाई बासी फूल नचढाउनुस् । देवी लक्ष्मीको पूजा गर्दा भखरै टिपेको ताजाफूलको प्रयोग गर्नुस् ।

८ जुवा नखेल्नुहोस् : लक्ष्मी पूजाको दिन प्रायः मानिसहरु जुवा खेल्ने गर्छन् । देवी लक्ष्मीको कृपा पाउन चाहनुहुन्छ भने जुवा खेल्ने काम पनि नगर्नुस् ।

९ स्त्रीसँग सम्बन्ध नबनाउँनु :  लक्ष्मी पुजाको रात आफ्नो पत्नी या कुनै परस्त्रीसँग सम्बन्ध नबनाउनुस् ।

१० भेदभाव नगर्नुस् :  लक्ष्मी पूजाको दिन उपहार दिँदा सबैलाई बराबर दिनुहोस् । भेदभाव गर्नाले देवी लक्ष्मी रिसाउन सक्छिन् ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ८ : ०४ बजे

विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

काठमाडौं । नबिल बैंक स्थापनाको ४२ औँ वर्षमा प्रवेश गरेको

प्रधानमन्त्री ओलीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन

झापा, बुधबारे । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–३,

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा