२०८२, २४ कार्तिक आईतबार

गजुरमुखीमा कात्तिके मेला शुरू

मङ्गलबारे, ६ मङ्सिर : इलामको पश्चिमी प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा परम्परागतरूपमा लाग्दै आएको जिल्लाकै ठूलो मेला शुरु भएको छ । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन यहाँ विभिन्न क्षेत्रबाट दर्शनार्थीको बाक्लो उपस्थिति हुन्छ । गजुरमुखी विकासमञ्च माङसेबुङ गाउँपालिकाको आयोजनामा शुरू भएको मेलामा शुक्रबार बिहानैदेखि पूजापाठ गर्नका लागि भक्तजनको भीड लागेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।…