२०८३, १७ आश्विन आईतबार

तबलामा हुसेनको हातको जादू

तबलामा हुसेनको हातको जादू


काठमाडौँ, ११ मङ्सिर : विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट आज सयौँलाई मन्त्रमुग्ध बनाउनुभएको छ । यहाँस्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर दुवै हातको जादू चलाउनुभयो र सबैलाई लठ्ठै पार्नुभयो ।

उहाँले वर्षाका बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चाल जस्ता विषयलाई पनि सङ्गीतमा अनुवाद गर्नुभयो भने सामान्य बोलीचालीलाई पनि तबलाबाटै प्रस्तुत गर्नुभयो । हुसेनलाई सारङ्गीबाट सविर खान, ढोलकबाट नवीन शर्मा र मृदङ्गबाट आनन्द कृष्णले साथ दिएका थिए । चारै माध्यमबाट उत्पन्न सङ्गीतले स्रोता झन् उत्तेजित भएका थिए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध बढाउन कलासङ्गीतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपालका मन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, सङ्गीतकार तथा नेपाल र भारतका व्यक्तित्वको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : ३० बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन