२०८२, १६ असार सोमबार

आग्लो प्रहार गरी श्रीमतीको हत्या

आग्लो प्रहार गरी श्रीमतीको हत्या


जिरी, ११ मङ्सिर : दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन् ।

तामाङले सोमबार साँझ सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमान्ले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा श्रीमती राममायाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

सालोको विवाहका लागि ससुरालीमा गएका तामाङ श्रीमतीको हत्यालगत्तै फरार रहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायाँको शव जिरी अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : १० बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको