काठमाडौँ, मंसिर १५ : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो ।…