२०८३, २३ भाद्र बुधबार

नक्खु कारागारमा फोहर थुप्रियो

नक्खु कारागारमा फोहर थुप्रियो


ललितपुर, २० मङ्सिर: लामो समयदेखि नक्खु कारागारमा फोहर थुप्रिएको छ । ललितपुर महानगरपालिकाले पाँच महीनादेखि फोहर उठाएको छैन । केही समय अघि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनुगमनका लागि आउँदा थुप्रिएको फोहर उठाएको कारागारका स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताउनुभयो । “त्यतिबेला दुई ट्रक सङ्कलन गरेर फोहरको मात्रा कम गरिएको थियो,” उहाँले भन्नुभयो, “फोहर नियमितरुपमा उठाउन सकिएको छैन ।”

झण्डै एक हजारको हाराहारीमा कैदीबन्दी भएको जेलमा एकै दिनमा ठूलो परिमाणमा फोहर जम्मा हुन्छ । फोहर नउठाउँदा विभिन्न रोगको जोखिम रहेको दाहालले बताउनुभयो । “सरुवा रोगको सम्भावना छ । फोहरका कारण जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “फोहरको विषयमा महानगरपालिका गम्भीर हुनुपर्छ ।” यहाँ दुई ब्लक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरिरहेको छ । नयाँ ब्लक बनिसक्दा कैदीबन्दीको सङ्ख्या अझै बढ्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ७ : ०० बजे

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी