२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा जन्ती बोकेको बस पल्टँदा ९ घाइते

काभ्रेमा जन्ती बोकेको बस पल्टँदा ९ घाइते


मंसिर २०, काभ्रे । विहीबार बिहान ८ बजे काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नंं.–४ स्थित ढुंखर्कबाट खोपासीतर्फ आउँदै गरेको बा ३ ख ५३२३ नम्बरको बस ढुंखर्क–खोपासीको भित्री सडक खण्डमा पल्टिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसले ५५ जना विवाहका जन्ती बोकेर हिंडेको थियो । बसमा यात्रा गरिरहेका जन्तीहरुमध्ये ९ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बेथानचोक गाउँपालिका ३ घर भएका १८ वर्षका पेमा लामा, सोही स्थानमा घर भएका १८ वर्षका राजन लामा, ४५ वर्षका कान्छा तामाङ, १९ वर्षका सुजन लामा, ४५ वर्षका वीर बहादुर तामाङ, ४२ वर्षका मन बहादुर तामाङ र नमोबुद्ध नगरपालिका –११ घर भएका २७ वर्षकी सरिता तामाङ रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । घाइतेहरुको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ५ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना