नुवाकोट, १६ मङ्सिर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा भवनको आज छुटाछुट्टै उद्घाटन गर्दै उहाँले भन्नुभयो, “केही घटनाले नेपाल प्रहरीको क्षमतामा प्रश्न चिह्न उठेको छ तर प्रहरी सङ्गठनले मनोबल नगीराइ काममा अघि बढिरहेको…