काठमाडौँ, ७ मङ्सिर : नारायणहिटी दरबार सङ्ग्रहालयका १० कोठा (कक्ष) सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । सङ्ग्रहालयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अङ्गरक्षकहरुको कार्यकक्ष आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अवलोकन गरी खुला भएको घोषणा गर्नुभयो । शृङ्गार कक्षका रुपमा राखिएको सिन्धुली बैठकमा तत्कालीन रानीले पोशाक पहिरिने,…