२०८२, २४ असार मंगलबार

पैसठ्ठी कम्पनीमा कामदार पठाउन रोक

पैसठ्ठी कम्पनीमा कामदार पठाउन रोक


काठमाडौँ, २७ मङ्सिर: वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सको पाँच, साउदी अरेबियाको पाँच र कतारका तीन कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको विभागले जनाएको छ ।

कामदारलाई समयमै सेवा सुविधा नदिइएको, काम दिन नसक्दा श्रमिक अलपत्र भएको, कतिपय कम्पनीनै समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका कम्युटर अधिकृत राजु श्रेष्ठले जानकारी दिनुभयो ।

कामदार पठाउन रोक लगाएसँगै अब ती कम्पनीबाट आउने मागपत्र सम्बन्धित देशका नियोगले प्रमाणीकरण गर्ने छैनन् भने विभागले पनि ती कम्पनीका लागि श्रम स्वीकृति जारी गर्ने छैन ।
-रासस

प्रकाशित मिति : २०७५, २७ मंसिर बिहीबार  ७ : ४० बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज