राँझा, ४ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको गाउँपालिका हो । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको…