२०८३, २७ श्रावण बिहीबार

दलदलमा खसेर गैँडाको मृत्यु

दलदलमा खसेर गैँडाको मृत्यु


चितवन, ६ पुस : दलदलमा खसेर आज यहाँ एक गैँडाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३०० मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले र गैँडा दुवै दलदलमा खसेका थिए । करीब १५ मिटर अग्लो डिलबाट खसेका गैँडा र घले दुवै घाइते भएका थिए । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार घाइते घलेको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

डिलबाट खसेर दलदलमा परेको घाइते गैँडाको उद्धार गर्ने क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । अन्दाजी १० वर्षको पोथी गैँडा दिउँसो सामुदायीक वनबाट निस्किएर बस्ती प्रवेश गरी मान्छेलाई लखेटेको थियो । सोही क्रममा दुर्घटना भएको हो । चालू आर्थिक वर्षको हालसम्म निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले २० गैँडा मरेका छन् भने गत आर्थिक वर्षमा २६ गैँडा मरेका थिए ।
-रासस)

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ९ : ०१ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष