२०८३, १ असार मंगलबार

सुत्केरी बचाउन जहाज चार्टर

सुत्केरी बचाउन जहाज चार्टर


जाजरकोट, पुस ७ : चार दिनकी सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ। जाजरकोट अस्पताल पुर्‍याइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज पुर्‍याइएको हो।

२ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उनलाई उपचारका लागि लगिएको हो। उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।प्रतिभाले चार दिनअघि भेरी अञ्चल अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी हुन्। बिहीबार घर फर्किएको केही समयपछि रक्तस्राव बढ्दै गएपछि उनी बेहोस भएकी थिइन्। तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि दक्ष चिकित्सक र उपकरण अभावमा उनको उपचार हुन सकेको थिएन।

अस्पतालले नेपालगन्ज रिफर गरिदियो। ‘सुत्केरीको ज्यान बचाउन छिटो सुविधा सम्पन्न अस्पताल लैजान जाजरकोट अस्पतालका डाक्टरले सल्लाह दिए’, श्रीमान् पदम थापाले भने, ‘तर कसरी लैजाने ? स्थलमार्गबाट लैजाँदा कम्तीमा ५ घण्टा लाग्छ, त्यसैले जहाज चार्टर गर्नुपर्‍यो।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ६ : ५९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई