अत्तरिया, ७ मङ्सिर: राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार…