काठमाडौँ, २९ पुस:नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीको धम्पुसमा हुने भएको छ । महासङ्घको तेस्रो पूर्ण बैठकपछि महासचिव मनोज घर्ती मगरले जारी गर्नुभएको विज्ञप्तिअनुसार सो भेलामा सङ्घीय समिति, सल्लाहकार, लेखा र अनुशासन समिति तथा संस्थागत सदस्य संस्थाले तोकेका एक÷एक प्रतिनिधि र शाखाका अध्यक्ष सहभागी हुने निश्चित गरिएको छ…