ललितपुर, ३ पुस: बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ । कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो हुँदा जङ्गलमा सजिलै नपाइने हुँदा अहिलेदेखि नै आवश्यक सामग्रीको जोहो शुरु भएको हो । जात्राका लागि काठ, बेत र डोरी चाहिने गुठी संस्थान ललितपुरले जनाएको छ…