२०८३, १ भाद्र मंगलबार

ल्होछारको बिदा कटौती फिर्ता लिन माग

ल्होछारको बिदा कटौती फिर्ता लिन माग


काठमाडौँ, २२ माघ: तामाङ जातिको सांस्कृतिक पर्व सोनाम ल्होछारमा सार्वजनिक बिदा दिन माग गरिएको छ । विगत वर्षमा दिइएको सार्वजनिक बिदा यस पटक कटौती गरी पर्वलाई मान्यता नदिएको भन्दै २८५५औँ सोनाम ल्होछार तथा तामाङ सांस्कृतिक महोत्सवका वक्ता विभिन्न राजनीतिक दलका नेताले आगामी वर्षदेखि सार्वजनिक बिदा दिने गरी निर्णय गर्न माग गर्नुभयो । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सबै जातजातिको पर्वमा बिदा दिइनुपर्ने बताउनुभयो । आफ्नो दलको सरकार भएका बेला दिइएको बिदा वर्तमान सरकारले कटौती गरेकामा उहाँले आपत्ति जनाउनुभयो । सरकारको एकवर्षे कार्यकालमा भ्रष्टाचार र महँगी बढेको नेता श्रेष्ठको आरोप थियो ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरबहादुर तामाङले नेपालमा मनाइने सबै पर्व राष्ट्रिय भएकाले सार्वजनिक बिदा दिनुपर्ने बताउनुभयो । आगामी वर्षको ल्होछारमा बिदा दिने निर्णय आफ्नो दलले गर्ने उहाँको भनाइ थियो । “सार्वजनिक पदमा बस्ने जति सबैले आफ्नो सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भनेकै कारण मलाई मन्त्री पदबाट हटाइयो, २०६९ सालमा सम्पन्न नेकपा एमालेको राष्ट्रिय परिषद् बैठकले प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ–वाग्मती राख्ने निर्णय गरेको छ, त्यसै अनुसार प्रदेशको नामकरण हुन्छ,” उहाँले भन्नुभयो ।

सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सङ्घीय संसद्मा हिउँदे अधिवेशनको पहिलो दिन नै आफूले बोल्दा ल्होछारलगायत जनजातिका पर्व कटौती गरेकामा विरोध जनाउँदै सच्याउन माग गरेको सुनाउनुभयो । संविधानमा संशोधन नगरे फोरम सरकारबाट बाहिरिने उहाँले घोषणा गर्नुभयो । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जातजातिका पर्वको बिदा काटेर राष्ट्रिय मान्यता नदिइएकामा आपत्ति जनाउँदै संस्कृतिको रक्षा नगरे देशको अस्तित्व खतरामा पर्ने बताउनुभयो । विसं २०६४ फागुन १६ गते मधेशवादी र १८ गते तामाङ समुदायसँग सरकारले गरेको पहिचानसहितको सङ्घीयताको सम्झौता कार्यान्वय गर्न उहाँले स्मरण गराउनुभयो ।

पूर्वमन्त्री सूर्यमान दोङले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ राखी १३ वटै जिल्लाका बीच हुने गरी राजधानी तोक्न माग गर्नुभयो । सो अवसरमा जनजाति महासङ्घका अध्यक्ष जगत बराम, आयोजक समितिका अध्यक्ष मोहन गोलेलगायतले ल्होछारको बिदा कटौती गर्दा तामाङ समुदायमा सरकारप्रति नकारात्मक धारणा बनेकाले सच्याउन माग गर्नुभयो । सो अवसरमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ७ : २३ बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक