काठमाडौं, फागुन १७ : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई शुक्रबार श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ।दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलीको कार्यक्रम बिहीबार ढिलाइ हुने भएपछि शुक्रबार…