धुलिखेल, असार २९ गते : तामाङ समुदायको बाग्लो बसोबास रहेको तेमाल गाउँपालिकाले आफ्नो नीति र कार्यक्रममा बोधिचित्त खेतीको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिकाका प्रमूख सलाम सिंह लामाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि गाउँसभामा पेश गरेको नीति र कार्यक्रममा बोधिचित्रलाई पहिलो प्राथमिकता दिइएको हो । नीति तथा कार्यक्रम गाउँसभाले पारित समेत भइसकेको छ…