काठमाण्डौ२५ साउन: सांसद नविना लामाको नेतृत्वमा शनिबार काभ्रेको पनौती देखि नमोबुद्धसम्म हाइकिङ गरिएको छ । पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउन भन्दै सांसद लामाले अघिल्लो साता काभ्रेको तेमालबाट हाइकिङ अभियान सुरु गरेकी थिइन । गाउँबाट सहर गएर बसेका युवा मार्फत स्थानीय पर्यटकीय क्षेत्रहरुलाई प्रचारप्रसार गर्ने घरेलु उपाय अन्तर्गत सांसद लामाले हाइकिङलाई अभियानकै रुपमा अघि बढाएकी हुन् ।…