काठमाडौँ १२ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताउनुभएको छ । लिभिङ विथ आइसिटीले आज यहाँ आयोजना गरेको ‘पाँचौँ आइसिटी अवार्ड–२०२०’ कार्यक्रममा उहाँले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो । उहाँले राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन गरिएको…