काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व अल अधाको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न अपराधका अभियोगमा जेल सजाय भोगिरहेका एक सय बीस (१२०) नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ । नेपाली राजदूतावास, अबुधाबीले दिएको जानकारी अनुसार, युएई सरकारको विशेष निर्णयअनुसार ती नेपाली नागरिकहरूलाई बाँकी कैद सजाय माफ गरी रिहा गरिएको हो । आममाफीपछि उनीहरू…