२०८२, २६ जेष्ठ सोमबार

सभामुखका लागि नेकपाभित्रै तानातान

काठमाडौं , असोज २८ : कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ । हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन् ।…