२०८३, ११ कार्तिक बुधबार

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश


सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । काँग्रेसबाट लामो समय सक्रिय रहँदै आएकी विष्णु माया थापासहितको समूहले सामूहिक रूपमा पार्टी परित्याग गर्दै एमाले रोजेपछि स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।

नवप्रवेशीहरूलाई सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मनोज जंग थापाले खादा तथा माला लगाएर स्वागत गरे । सो अवसरमा थापाले देशमा विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि एमालेको नीति, विचार र नेतृत्व अपरिहार्य रहेको दाबी गर्दै जनताको विश्वास क्रमशः एमालेतर्फ बढ्दै गएको बताए । उनले भने, “जनताको अपेक्षा व्यवहारमा उतार्न सक्ने शक्ति एमाले हो । विकासका ठोस योजनासहित हामी जनताको घरदैलोमा पुगेका छौँ ।”

थापाले दलहरूले वर्षौँसम्म जनताको भावनालाई बेवास्ता गरेको आरोप लगाउँदै अब परिवर्तनको समय आएको बताए । उनले युवाको सहभागिता, पारदर्शी राजनीति र स्थानीय तहदेखि संघसम्म समन्वयात्मक विकास एमालेको प्राथमिकता भएको उल्लेख गरे । “सिन्धुलीको समग्र विकासका लागि स्पष्ट खाका छ । जनताको साथले यो यात्रालाई अझ बलियो बनाउँछ,” उनको भनाइ थियो ।

यसैगरी नवप्रवेशी विष्णु माया थापाले काँग्रेसभित्र लामो समय योगदान दिँदा पनि अपेक्षित सम्मान र अवसर नपाएको गुनासो गरिन् । उनले भनिन्, “राजनीति जनताको सेवाका लागि हुनुपर्छ । तर पुरानो पार्टीमा जनभावनाभन्दा गुटबन्दी हाबी भयो । एमालेको स्पष्ट नीति, संगठनात्मक शक्ति र विकासप्रतिको प्रतिबद्धताले मलाई आकर्षित ग¥यो ।” उनले आफूजस्तै सोच राख्ने धेरै कार्यकर्ता एमालेप्रति आकर्षित भइरहेको बताइन् ।

कार्यक्रममा सहभागी अन्य नवप्रवेशीहरूले पनि एमालेमा आबद्ध भएर स्थानीय विकास, रोजगारी सिर्जना र जनजीविकासँग जोडिएका मुद्दामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए। उनीहरूले नेतृत्वमा स्पष्टता र कार्यान्वयन क्षमताका कारण एमालेप्रति भरोसा बढेको बताए ।

कमलामाई नगरपालिकामा काँग्रेसबाट कार्यकर्ता पलायनको यो घटनाले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने संकेत देखिएको छ । पछिल्ला दिनहरूमा एमाले उम्मेदवार थापाको जनाधार विस्तार हुँदै गएको र संगठन सुदृढ बन्दै गएको विश्लेषण भइरहेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार निरन्तर भइरहेको पार्टी प्रवेशले सिन्धुली क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ ।

प्रकाशित मिति : २०८२, १२ माघ आईतबार  ७ : ४५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता