२०८३, २० आश्विन बुधबार

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ लागू गराउन देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई सर्कुलर जारी गरेको छ।

निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता आ–आफ्नो क्षेत्राधिकारभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा आचारसंहिता कार्यान्वयनका लागि आवश्यक समन्वय, अनुगमन तथा नियन्त्रणात्मक भूमिका निर्वाह गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उल्लेख छ।

सरकारले २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नगरेसम्म आचारसंहिता लागू रहने स्पष्ट गरेको छ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरिएको हो।

निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ तथा दफा ५५ अन्तर्गतका प्रावधानहरू समावेश छन्।

प्रकाशित मिति : २०८२, १३ माघ सोमबार  १२ : २१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय