२०८३, २८ भाद्र सोमबार

विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी एकजुट भएर सामना गरौँ : सांसद आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद आङ्देम्बेले क्षणभरमै यति ठूलो क्षति नेपालले एकैपटक बेहोर्नुपरेको घटना यसअघि नभएको बताए । उनले अकल्पनीय विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त…