काठमाडौँ, २१ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे बताउनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले आज यहाँ आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भन्नुभयो, “पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ ।” अध्यक्ष राणाले सङ्गठन बिस्तारमा महिलाको विशेष भूमिका रहेको…