विराटनगर, १९ भदौ : प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।…