२०८३, २ आश्विन शनिबार

‘वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन’ :कानून मन्त्री ढकाल

उर्लाबारी, २८ पुस: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताउनुभएको छ । मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आज आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उहाँले भन्नुभयो, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको…