काठमाडौँ, ९ कात्तिक: सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो प्रदेशभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिने पहिलो जिम्मेवारी प्रदेश सरकारको हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा कावा अध्यक्ष श्रेष्ठले तीन वर्षमा पनि केन्द्रीय सरकारले प्रदेश प्रहरीसम्बन्धी कानून निर्माण नगरेकाले केन्द्र र प्रदेश सरकारबीच द्वन्द्व बढेको बताउनुभयो । उहाँले प्रदेशले बनाएको कानून…